रुकुममा मनाए प्याब्सन स्थापना दिवस

सुदाम शर्मा, रूकुम ।

रूकुम पश्चिमका संस्थागत विद्यालयहरूलेे  प्याब्सन दिवसकाे स्थापना दिवस मनाएका छन् ।

कार्यक्रमको सुरुवात र्याली निकालिएको थियाे । प्याब्सन रूकुमका अध्यक्ष बिमल कुमार शर्माको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन प्याब्सनका उपाध्यक्ष हरिभक्त भण्डारीले गरेका थिए ।

प्रमुख अतिथि मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीको तथा कार्यक्रममा बिशेष अतिथि प्याब्सनका केन्द्रीय सदस्य जयबहादुर थापा र शिक्षा समन्वय प्रमुख तारा पुन तथा बिशिष्ट अतिथि प्याब्सनका कर्णाली प्रदेशका अध्यक्ष खडक बहादुर कुँवर रहेका थिए ।

सभामा कार्यक्रमको विभिन्न सहभागीहरूलाई पुरस्कार वितरण गरीएको थियो।