चितवनको बाल कुमारी कलेजका प्राध्यापकहरूद्वारा ज्ञानोदय पुस्तकालयकाे अवलोकन

काेहलपुर ।

चितवनको बाल कुमारी कलेज कलेजका प्राध्यापक एवम् कर्मचारीहरुले कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अनुगमन गरेका छ्न ।

नेपालका विभिन्न विश्वविद्यालय, आंगिक तथा पब्लिक क्याम्पस र चर्चामा रहेका सामुदायिक पुस्तकालयको अवलोकन गर्ने उदेश्यले भ्रमणको आयोजना गरिएको सहायक क्याम्पस प्रमुख वालानाथ सिग्देलले वताए । आफुहरु मध्यपश्चिम विश्वविद्यालयको अवलोकन गरेर फर्किने क्रममा ज्ञानोदय सामुदायिक पुस्तकालयको अवलोकन गर्न अवसर प्राध्यापक टेकेन्द्र कुमार महतराले जुटाई दिएको उक्त कलेजका प्राध्यापक अनन्त ढुङानाले वताए ।

बाल कुमारी कलेजका पुस्तकालय प्रमुख यम पौडेलले अवलोकनको क्रममा देखापरेका समस्या र यसको सुधारका लागि आवश्यक सुझाव दिएका थिए ।

अवलोकन भ्रमणमा कलेजका प्राध्यापकहरु सुशील घिमिरे, कुलचन्द्र पन्डित, श्री प्रसाद अर्याल, गोविन्द राज अधिकारी, अनुपमणी बज्राचार्य, विस्णुराज श्रेष्ठ, विश्वराज लम्साल, ठाकुर कुमार पोख्रेल, ठाकुर प्रसाद आचार्य, राज कुमार पौडेल, बल बहादुर थापाको उपस्थित थियो ।

उहाँहरु लाई पुस्तकालयका सचिव एकराज शर्माले स्वागत गर्दै आवश्यक सुझाव लाई यथाशीघ्र सुदृढ गर्दै जाने प्रतिवद्दता व्यक्त गरे । शर्माले बालकुमारी कलेजको पुस्तकको अवलोकन गर्ने निमन्त्रणाप्रती आभार व्यक्त गरे । चितवनमा धेरै सामुदायिक पुस्तकालय रहेको र बाल कुमारी कलेजको पुस्तकालय अवलोकन गरि सुधार गर्न अनुरोध गरेका थिए ।