कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले ४० स्थानमा दाउरा वितरण गरेको छ । बिहिबार कोहलपुर नगरपालिका नगर प्रहरीको नेतृत्वमा ४० स्थानमा दाउरा वितरण भएको हो ।
कोहलपुर नगर प्रहरीका प्रमुख बिर बहादुर थापाले कोहलपुर नगरपालिका भित्र हवल्दारपुरदेखि चौराह हुँदै मदनचोक र चप्परगौडीका चोक, जेष्ट नागरिक आश्रम, विद्यालय, मठमन्दिर जस्ता अन्य विभिन्न स्थान गरी ४० स्थानमा दाउरा वितरण गरेको बताए ।
आज केही स्थानमा दाउरा वितरण भएको छ भोली १ र २ र अन्य आवश्यक स्थानहरुमा दाउरा वितरण गर्ने नगर प्रहरी प्रमुख थापाले कोहलपुर टुडेलाई जानकारी दिए ।
कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले डिविजन वन नेपालगञ्जबाट ६० हजारमा दाउरा खरिद गरेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्