कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १४ मा रहेको हुलास खाद्य उद्योगले ४ सय जनालाई न्यानो कपडा वितरण गरेको छ ।
बिहिबार एक औपचारीक कार्यक्रम गरी उद्योगकी संस्थापक स्वर्गीया माला गोल्छाको १९ औँ पुण्यतिथिको अवसरमा ४ सय जनालाई न्यानो कपडा वितरण गरेको हो ।

उद्योगका म्यानेजर नवसेर चक्रवर्तीले समाजमा रहेका विपन्न, असहाय तथा आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरुलाइ हरेक वर्ष जनवरी ५ तारिखका दिन गोल्चाको सम्झनामा उद्योगले राहत वितरण गर्दै आएको हुनाले सोही अनुसार आज ४ सय जनालाई कपडा र खाद्यन्न वितरण गरेको बताए ।

उनका अनुसार नेपालगञ्ज र कोहलपुरकामा रहेका मानव सेवा आश्रम निलसागर, हवल्दारपुरमा समाज सेवा संस्था नेपालको समन्वयमा स्थानिय बासिन्दा र जानकी गाउँपालिका गरी ४ सय जनालाई न्यानो कपडा र खाद्यन्न वितरण गरेको बताए ।

उद्योगले तीन वर्षदेखि अहिलेसम्म कोहलपुर क्षेत्रका कूल १ हजार ५ सयभन्दा बढी नागरिकलाई सेवा दिइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्