कोहलपुर रेसिङ्ग साहारा क्लबको उपाध्यक्षमा उमेश शाही

कोहलपुर।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको रेसिङ्ग साहारा क्लबको उपाध्यक्षमा उमेश शाहीलाई चयन गरिएको छ ।

क्लबको पुष १४ गते बसेको बैंठकले क्लबको उपाध्यक्षमा उमेश शाहीलाई नियुक्ति गर्ने निर्णय गरेको अध्यक्ष चक्र बहादुर क्षेत्रीले जानकारी दिए ।

क्लबको २०७९ साउन ८ गते भएको साधारण सभाबाट उपाध्यक्षमा राजुराज शर्मा चयन भएका थिए । उनलाई क्लबको बैंठकमा तीन पटक उपस्थित नभएपछि स्वतः हट्ने व्यवस्था रहेको अध्यक्ष क्षेत्रीले बताए । क्षेत्रीका अनुसार राजुराज शर्मा तीन पटक क्लबको बैंठकमा उपस्थित भएनन् ।

त्यसकारणले उनलाई हटाई क्लबको पुष १४ गतेको बैंठकबाट उमेश शाहीलाई उपाध्यक्षमा नियुक्ति गरेको कोहलपुर टुुडेलाई बताए । आज उनलाई उपाध्यक्ष पदमा नियुक्ति गरेका छन् ।