राप्तीसोनारी ।
बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुइमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको ६३ औं वार्षिकत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । आइतबार विदालयको ६३ औं वार्षिकत्सव तथा अभिभावक भेला कार्यक्रमका प्रमुख अथिति तथा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले पुरानो इतिहास बोकेको विद्यालय भएकोले विद्यालयको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा विद्यालयका सल्लाहकार प्रेम बहादुर भण्डारीले विविध आरोह अवरोह पार गर्दै विद्यालयले ६३ औ वार्षिकउत्सव मनाउन सफलता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा विद्यालयको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताए ।

कार्यक्रम बोल्दै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिह थारूले विद्यालयले प्राविधिक धार तर्फको पढाई समेत सुरु गरेका कारण प्राविधिक शिक्षा अध्ययन गर्न टाढा जानुपर्ने समस्या टरेको बताइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८/०७९ को ३ करोड ५२ लाख ८७ हजार ५ सय ८९ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अनुशासनतर्फ कक्षा ६ मा अध्यनरत छात्रा स्वयता केसी उत्कृष्ट, अभिभावक धन बहादुर खत्री उत्कृष्ट र शिक्षक यम बहादुर वलीलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै विद्यालयको विकासमा योगदान पुर्याउने अशोक सामुदायिक वन उपभोक्ता समुह, जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समुहलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिम बहादुर राना, रामदास थारु पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य भुपेन्द्र बहादुर वली, संस्थापक सदस्य केशव राज पौडेल संस्थापक प्रेम बहादुर भन्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल सम्मान गरिएको थियो ।
त्यस्तै एसईई २०७८ मा उत्कृष्ट हुने प्राविधिक तर्फ दुर्गा देवकोटा र साधारण तर्फ विनोद थारु, कक्षा १२ मा उत्कृष्ट हुने शर्मिला वलीलाई सम्मान गरिएको थियो ।

त्यस्तै राष्ट्रिय खेलकुद प्रतियोगितामा ‘ज्याब्लिन थ्रो’ मा तेस्रो स्थान प्राप्त गर्ने सुमिना योगी,प्रदेश खेलकुद प्रतियोगितामा सहभागी त्रीपल जम्पतर्फ दोस्रो स्थान प्राप्त गरेकी सुरक्षा थारु, भलिबलमा सहभागी दिपा थारु, गंगा पुन मगर, सिर्जना सुनार, सुमिना योगी र रविन्द्र चौधरीलाई पनि सम्मान गरिएको थियोे । कार्यक्रममा विद्यालयका विद्यार्थीहरु पि.टी नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष भुपेन्द्र बहादुर वलीको सभापति भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्री, विद्यालयका पुर्व अध्यक्ष केशव राज पौडेल, राप्तीसोनारी गाउँपालिका कार्यपालिका सदस्य केशव परियार, लक्ष्मी बहुमुखी क्याम्पस मदुइकी क्याम्पस प्रमुख विमला आचार्य, राप्तीसोनारी गाउँपालिका वडा न २ का निवर्तमान वडाध्यक्ष मदन कुमारी वली, नेपाली काँग्रेस राप्तीसोनारीका सभापति भिम राना, पुर्व अध्यक्ष तथा सल्लाहकार रामदास थारु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, सामुदायिक वनका प्रतिनिधिहरु शिक्षक , विद्यार्थी अभिभावक लगायतको सहभागीता रहेको थियोे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्