काेहलपुर ।
रुकुम पश्चिम चौरजहारी नगरपालिकाका बल बहादुर चलाउने बेचेन छन् । उनी ७५ वर्षका चलाउने नेपालगञ्जको फत्तेबाल आँखा अस्पतालमा आँखा उपचारको लागि आए । देब्रे आँखा अलि अलि देख्ने सक्थे । उनले आँखा चेकजाँच गरे ।
चेकजाँचपछि डाक्टरले अप्रेसन गर्नुपर्ने सल्लाह दिए । सल्लाह अनुसार काम पनि गरे । अप्रेसन पनि भयो । अप्रेसन गरेको १० दिनपछि अस्पताल गए । अस्पतालमा अप्रेसन गरेको आँखा खोल्दा पूरैै आँखा नै बन्द भयो । आँखाले केही नदेख्ने भए । उनी निकै आत्तिए ।
कोहलपुर टुडेसंग कुराकानी गर्दै चौलागाईले भने, म अहिले ठुलो समस्यामा छु, अहिले फेरी अर्को आँखा अप्रेसन गर्ने भनेको छ तर मलाई विश्वास लागेको छैन । उनले रुदै भने, ‘मेरो कुरा सुन्ने कोही छैन, भएको एउटा गुम्यो, फेरी अर्को आँखा पनि गुम्ने भन्ने डर र चिन्ता छ । अब म के गरम ? उनले प्रश्न गरे । हिजोका दिनमा कुन डाक्टरले राम्रो गरेको रहेछ ? तर अहिले पहिलेको जस्तो डाक्टर नभएको उनले गुनासो गरे ।
उता फत्तेबाल अस्पतालका डा.सुमन थापासँग कोहलपुर टुडेका सम्पादक एकराज शर्माको कुराकानीमा अस्पतालले मधुमेह र उच्च रक्तचाप भएका विरामीको आँखाको अप्रेसन सजिलै हुने बताए । ‘आँखा अस्पतालको स्थापना कालमा विशेषज्ञ डाक्टरको अभाव भएतापनि अहिले विशेषज्ञ डाक्टरबाट मात्र उपचार तथा अप्रेसन भइरहेको दावी गरे ।
उनले भने, ‘एकाध कुनै व्यक्ति पर्ने जान्छन् तर अधिकांश भने पूर्र्ण रुपमा निको भएर जाने गरेका छन् ।’ आँखाको विरामीको अप्रेसन गर्न ५–८ मिनेट लाग्ने तर अहिले दैनिक ५०–७० जनाको अप्रेसन हुने गरेको डा.थापाले बताए ।
विरामीको चाप, शिविरका विरामी, जेष्ठ नागरिक, गरिव समुदायका मानिसको उपचारलाई सुलभ दरमा उपचार हुने गरेको
छ । आंखाको अप्रेसनपछि एक रात बेडमा निशुल्क बिरामीलाई राख्ने सेवा दिइरहेको थापा बताउँछन् । हाल डा. सुमन थापा, डा. राजाश्री श्रेष्ठ र डा. देवराज भारतीबाट उपचार उपचार हुँदै आएको छ ।
काेहलपुर टुडे । १७ पुष २०७९, आईतवार २१:४०