कोहलपुर ।
बाँके र बर्दियाका महिलाहरुले कोहलपुरमा लघुवित्त वित्तिय संस्था विरुद्ध विरोध प्रर्दशन गरेका छन् । शनिबार बाँके र बर्दियाको संयुक्त रुपमा लघुवित्त वित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपालले कोहलपुरको न्यूरोडदेखि गोलपार्क हुँदै चौराहमा पुगि कोण सभा गरेका थिए । संघर्ष समितिले पाँच बुँदेसरकारसंग माग गर्दै विरोध गरेका हुन् ।
कोणसभामा बोल्दै लघुवित्त वित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपालका केन्द्रिय सदस्य मनि प्रसाद चौलागाईले सुदुरपश्चिमदेखि देशभरी नै आन्दोलनका कार्यक्रम तयारी भइसकेको बताए । ‘महिला तथा अन्य सेवाग्राहीले लिएको पैसा दिँदैनौ भनेका छैनौ’ उनले भने, ‘तर वित्तिय रकम लिए वापत आज आत्माहत्या गर्नुपर्र्यो ।’ ‘ढाई लाख दिदिबहिनीको सम्बन्ध विच्छेद भएको छ,’ उनले थपे, ‘५ लाख दिदिबहिनीहरु खाडीको मुलुक र भारतको गल्ली गल्लीमा हनुहुन्छ ।’ एउटा उदाहरण दिँदै भने नेपालकै कञ्चपुर जिल्लामा एउटा वित्तिय संस्थाले ४० लाखको कागज गरे, तर वित्तिय संस्थाले आमालाई १० लाख मात्र दिनुभयो तर ३० लाख रुपैया हिनामिना गर्नुभयो त्यसकारणले वित्तिय संस्थाले दिएको रकम तिर्नुहुदैन त्यहि भएर भनेका छौं र आन्दोलन गरेका छौं ।
यस्तै अर्को समस्या छ चौलागाईले भने, १ लाखको ऋण दिँदा १० हजार रुपैया किस्ता, ५ हजार रुपैया सेवा शुल्क गरी १५ हजार रुपैया घटाई शहरी इलाकामा ८५ हजार र ग्रामिण इलाकामा ८२ हजार रुपैया दिनुहुन्छ । अनी फेरी ६ महिनामा विविध कारण बस पैसा नभएपछि नविकरण गर्दा फेरी वित्तिय संस्थाका मालिकहरुले भन्नुहुन्छ, तपाई ल्याप्चा लगाईदिनुहोस् हामी तपाईलाई मौसमी ऋण उपलब्ध गराउँछौं । त्यसपछि १ लाख ऋण लिएको थियौं तर १ लाख ३० हजार रुपैयाको व्याज तिर्नुपर्ने जस्ता यावत समस्या छन् चौलागाई भन्छन् ।
यस्तै लघुवित्त वित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपालका बाँके अध्यक्ष अब्दुल साई र बर्दियाका अध्यक्ष दत्त थारुले लघु वित्तिय संस्था नयाँ सामान्तीको रुपमा उदाएको भन्दै यसलाई पूर्ण रुपमा बहिस्कार गर्ने बताए । लघु वित्तिय संस्थाले शिर्षक विनाका रकम उपलब्ध गराउने र कति रकम राख्छन् भन्ने समेत थाहा नभई महिला, आमाबुवालाई ललाईफकाई विभिन्न बहानामा ल्याप्चा लगाउन पठाउँछन् र १ लाखको लिएको ऋणको ५ लाख तिर्दा सम्म पनि ऋण सकिँदैन त्यसकारणले यो आन्दोलन सुरु गरेको बताएका थिए । आन्दोलनमा बाँके र बर्दिया, सुर्खेत र दाङ जिल्लाबाट महिलाहरु आन्दोलनमा सहभागि थिए ।
भिडियाे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्