एकाविहानै काेहलपुर चौराह नजिकै ट्रक पल्टियो

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका -११ चौराह नजिकै ट्रक पल्टिएको छ ।

नेपालगञ्जदेखि कर्णाली प्रदेशमा चामल लिने क्रममा भे १ ख २२६४ नम्बरको ट्रक चौराह नजिकै पल्टिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख हिमालय शाहले जानकारी दिए ।

ट्रक पल्टिएपछि चामल क्षति भएको छ भने मानविय क्षति नभएको शाहले कोहलपुर टुडेलाई जानकारी दिए ।