प्रधानमन्त्री र एमाले अध्यक्षबीच सरकारको मूल नीतिबारे छलफल भयाे : स्वकीय सचिव मल्ल (भिडियाे सहित)

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको छ ।

दुई शीर्ष नेताबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको र सरकारका काम कारबाहीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बिहीबार बस्ने सत्ता साझेदार दलको बैठकका लागि एजेण्ड तय भएको पनि उनले बताए ।  ‘‘बिहीबार बालुवाटारमा सत्ता साझेदार दलबीच छलफल हुँदैछ । आजको छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा छलफल भयो ।,’’ स्वकीय सचिव मल्लले भने, ‘‘विस्तृत रूपमा बिहीबार गठबन्धनको बैठकमा छलफल हुनेछ ।’’ बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भिडियाे हेर्नुहाेस् ।