कोहलपुर मेयर कप : फर्जी खेलाडी भेटिए ३० हजार जरिवाना

कोहलपुर ।

कोहलपुर नगरपालिकामा भोेलीदेखि सञ्चालन हुन लागेको छैटौ मेयर कप रनिङ्ग शिल्ड प्रतियोगितामा फर्जी खेलाडी समावेश भए ३० हजार जरिवाना हुने आयोजकले जनाएको छ ।

कोहलपुर–१, कौशिलानगरमा रहेको कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा हुन लागेको छैटौ मेयरकप रनिङ्ग शिल्ड प्रतियोगितामा सामुदायिक १३ तथा संस्थागत २४ गरि जम्मा ३७ वटा विद्यालय खेलमा सहभागि हुन लागेको आयोजकले जनाएको हो ।

आयोजकले खेलमा जम्मा ८ सय १९ जना खेलाडी भाग लिएका छन् । सो सहभागि भएका खेलाडि मध्ये समुह खेलमा १ जना मात्र फर्जी खेलाडि भटिएको खण्डमा ३० हजार जरिवाना र १ वर्षसम्म मेयर कपमा समावेश समेत नगर्ने निर्णय भएको रनिङ्ग शिल्ड संचालन तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं कृष्ण माध्यमिक विद्यालयका प्रअ दिलिप वलीले जानकारी दिए ।

भोली बिहान ११ बजेदेखि अनौपचारीक रुपमा जिल्ला समन्वय समिति बांकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उद्घाटन गर्ने उक्त रनिङ शिल्डका लागि आवश्यक सम्पुर्ण तयारी पूरा भएको प्रअ वलीले जानकारी दिए ।

खेल प्राविधिक उप समितिका सदस्य विरेन्द्र मल्लका अनुसार प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड, लङजम्प, भलिबल र कवड्डी लगायतका विभिन्न १५ खेलहरु संचालन हुनेछन ।