रुकुमका ४ जना क्रियाशिल पत्रकारलाई नगद सहित सम्मान

सुदाम शर्मा ।

नेपाल पत्रकार महासंघ रूकुमकाे साताैं साधारण सभा मुसिकाेटमा सम्पन्न भएकाे छ । कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले साधारण सभाकाे उद्घाटन गरेका थिए । साधारण सभामा पत्रकार महासंघ रूकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले महासंघकाे हालसम्मकाे अवस्था समेटिएकाे प्रतिवेदन पेश गरेका थिए ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/319666108_1864543420566246_8293996348096332994_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=CJ3aah-OmqEAX-Eixvq&tn=R4egi5GaXiJfaO0E&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdR7sogbLvjTaJ7LQH9aAj8lmctlvUtcXuwwd7xBke3D0A&oe=63C61F5D

कार्यक्रमको उदघाटन शत्रमा उपस्थित प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य मानणिय महेन्द्र केसी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार, पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्य, पत्रकारका पेसागत संघ संगठनका प्रमुख, महासंघका वर्तमान कार्यसमितिका पदाधिकारी, साधारण सदस्यकाे उपस्तथिति थियाे ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/319667272_727857901640843_4223537684927748838_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=tKm7LJUmhmYAX8h_O7T&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdQoVjdDiXHXql4zSW63i3Midwkaq9vqxJ65BYwAfSNLTw&oe=63C602AE

साधारण सभाको अवसरमा महासंघ रुकुम शाखाका संस्थापक सदस्य, पदाधिकारीहरु, जिल्लामा क्रियाशिल पत्रकार, सन्चार माध्यमहरुलाई पनि सम्मान गरिएको थियाे । महासंघ रुकुम शाखाले पहिलो पटक स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कार-२०७९ बाट ४ जना क्रियाशिल पत्रकार गोरखापत्र दैनिकका रुकुम संवाददाता राजु लामिछाने, आहासन्चार साप्ताहिकका सम्पादक मेगराज खड्का, कान्तिपुर टेलिभिजनका रुकुम संवाददाता महेश केसी र नेपाल टेलिभिजनका रुकुम संवाददाता अम्मरराज पुनलाई नगर रु. ५१०१ सहित प्रमाणपत्रले सम्मान गरिएको हाे ।

यस्तै महासंघ रुकुम शाखाको विभिन्न पदमा रहेर हाल सरकारी तथा राजनीतिक नेतृत्व सेवामा आवद्ध ८ जनालाई कदर-पत्रले सम्मान गरिएको छ ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/320182840_539504214904420_7553461455015905989_n.jpg?_nc_cat=109&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=M74lZRaDlJgAX-UhbhI&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdRumSkqdF7J5TuiJ72kgkoEFslGP_7nCyOob8aVaO8kug&oe=63C6211F

जिल्लाबाट संचालित रेडियो सानोभेरी, रेडियो सिस्ने, युनिक, समावेशी आवाज, चौरजहारी एम एम, आफ्नो एफ एम, रेडियो नयाँ नेपाल, रेडियो मौराखारा एफएम, आहा सञ्चार साप्ताहिक, रेखदेख साप्ताहिक, रुकुमेली विकास लहर मासिक, उजेली ज्यूज डटकम, मुलपाटि डटकम, कखरा डटकट, प्रेसपालिका डटकमलाई प्रोत्साहन स्वरुम सम्मान गरिएको छ ।

यस्तै हाम्रो अभियानमा साथ सहयोग गर्ने मुसिकोट नगरपालिका, कृषि विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, नेपाल ख्रिष्टियन राहत सेवा केन्द्र ललितपुर, साझा मुराल हस्पीटल प्रालि प्रालि, आँखा उपचार केन्द्र सल्ले, रुकुमेली समाज विकास केन्द्र, युनाईटड मिसन टु नेपाल रुकुम पूर्व कलष्टर, मानव विकास तथा सामुदायिक सेवालाई कदर-पत्र प्रदान गरिएको थियाे ।