२० लाखमा पक्की नाला बन्दै (भिडियाे सहित)

निर्वाचित भएको ६ महिनाभित्र ११ वटा योजना सञ्चालन गरेको : वडा अध्यक्ष हरि कठायत

Featured Video Play Icon

कोहलपुर ।

बाँकेकोे कोहलपुर नगरपालिका-२, मनकामना चोक देखि रिदम जाने बाटोको पक्कि नाली बन्न लागेको छ । शुक्रबार कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायत र पूर्व वडा अध्यक्ष कर्णसिंह बुढाले संयुत्त रुपमा नालीको उद्घाटन गरी नाली निर्माणको काम सुरु भएको हो ।

पक्कि नाली सुरुवात गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष कठायतले निर्वाचित भएको ६ महिना भित्र ११ वटा योजना सञ्चालन गरेको बताए । ‘जुन योजना अबको केही महिनामा सकिँदैछन्,’ उनले भने, ‘अझै दर्जनभन्दा बढि योजना छन् ।’ यहाँका राजनितिक दल, उपभोक्ता समिति तथा अन्य विभिन्न बुद्धिजिवी, समाजसेवीहरुले पूर्ण सहयोग गरेको भन्दै अध्यक्ष कठायतले धन्यवाद दिए ।

यस्तै पूर्व वडा अध्यक्ष कर्णसिंह बुढाले क्रमागत योजनाहरुलाई पूरा गर्न र आगामी योजनालाई पुरा गर्नका लागि आफु कटिबद्ध तरिकाले लाग्ने प्र्रतिबद्धता व्यक्त गरे ।

यस्तै कोहलपुर २ का वडा सचिव बखत बहादुर कार्कीले २० लाखमा पक्की नाली निर्माण हुन लागेको बताए । ‘कोहलपुर नगरपालिकाले खोलेको ठेक्का गरी जी एण्ड एच कन्ट्रक्सन प्रालिले १४ लाख ५५ हजार १ सय ३५ रुपैयामा सम्झौता गरी काम सुरु भएको छ’ ‘आगामी फागुन सम्म पुरा गर्नेछ ।’ उनले भने ।

भिडियाे हेर्नुहाेस् ।