Kohalpur Today Header Ads

ज्ञानोदय सामुदायिक पुस्तकालयमा पाठकको संख्या वृद्धि




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयमा पाठकको संख्या बृद्धि हुँदै गइरहेको छ । अघिल्लो आर्थिक वर्षमा दैनिक २०/२५ जना आएका थिए तर चालू आर्थिक वर्षमा दैनिक ३०/३५ जना पाठक आएका छन् । जुन अघिल्लाे आर्थिक वर्ष भन्दा दाेब्बर हाे ।

ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्रका सचिव एकराज शर्माले विभिन्न योजनाका साथ अगाडि बढाएको बताए । ‘हरेक विद्यालयबाट बालबालिकाहरुलाई अध्ययनको लागि प्रेरित गरिरहेका छौं’ उनले भने, ‘बालबालिकालाई अध्ययन तथा अन्य विविध विषयमा सहयोग पुग्ने पुस्तकहरु राखेका छौं ।’

LIfe Ok

कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू भएपछि कोहलपुरका गतिविधिका बारेमा समेत पुस्तकालयमा उपलब्ध भएपछि बालबालिकाको संख्या बढ्दै गइरहेको सचिव शर्माले बताए ।

बिहिबार एभरेष्ट सैनिक माविका बालबालिकाहरुलाई पुस्तकालयमा ल्याएर आए । आ आफ्नो मन परेका कितावहरु अध्ययन गरिरहेका थिए । विद्यालयका शिक्षक राजु दहालले बालबालिकाहरुलाई महिनामा दुई पटक बालबालिकालाई पुस्तकालयमा ल्याउने गरेको बताए । पुस्तकालयमा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका समेत पाठकहरु आउने गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस १ गते शुक्रबार