Kohalpur Today Header Ads

सोमबार बिहान २ सय ७ जना सवारी चालकलाई कारबाही




काठमाडौं ।
काठमाडौं उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङका क्रममा २ सय ७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

जसमा सवारी चालक अनुमतिपत्र नभई सवारी चलाएका तीन जना, कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरीएको छ।

सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ सय ८९ जना सवारी साधनका चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

LIfe Ok

दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ।

सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २६ गते सोमबार