राष्ट्रिय मानव अधिकारकर्मीहरुद्धारा जनप्रतिनिधिसंग बृहत अन्र्तक्रिया

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका जनप्रतिनिधिहरुसंग मानव अधिकारकर्मीहरुले बृहत अन्र्तक्रिया कार्यक्रम गरेका छन् । आइतबार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल लगायत अन्य सबै वडा अध्यक्ष, वडा सदस्य लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुसँग राष्ट्रिय मानव अधिकारकर्मीहरुले बृहत अन्र्तक्रिया कार्यक्रम गरेको हो ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/317503088_865935197942554_3061462183325711290_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=g4yF5rwyG2gAX9Ov_Ko&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdSD8v74_IYXeoqhNKrNIjCfLwrkvCgbbKwOqOIe2PCKCg&oe=63BD60C6

सो अन्र्तक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज शाखा प्रमुख द्वारिका अधिकारीले मानव अधिकारको सवालमा पालिकाका जनप्रनिधिहरुले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरेकी थिइन् ।

कोहलपुर नगरपालिकामा मानव अधिकारका सवालमा के कस्ता किसिमका काम भइरहेको छन ? कस्तो योजना बनाएको छ ? अहिलेसम्म के के काम गरिरहेको छ ? जस्ता विविध विषयमा जनप्रतिनिधिहरुसंग बृहत अन्र्तक्रिया कार्यक्रम गरिएको राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका अध्यक्ष राम बहादुर मल्ले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले मानव अधिकारका सवालमा कोहलपुरमा काम गर्नका लागि कोहलपुर नगरपालिकाले के कस्ता योजना बनाउनुपर्ने हो त्यसकोे बारेमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए । ‘मानिस जन्मेदेखि मरुन्जेलसम्म पनि आफ्नो अधिकारको प्रत्याभूति हुनुपर्छ,’ उनले भने, ‘त्यो हरेक नेपाली नागरिकको नैसगिंक अधिकार हो ।’ मानव अधिकारकर्मीहरुले उठाएका विषयमा कोहलपुर नगरपालिकाले के कस्तो सहयोगको आवश्यकता पर्छ ? त्यसको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष विरेन्द्र कुमार शाह, वडा नं. २ का अध्यक्ष हरि कठायत, वडा नम्बर १४ का अध्यक्ष नम बहादुर आले, वडा नम्बर ६, ७ र ८ का अध्यक्ष, इलाका प्रहरी कार्यालय कोहलपुरका ऐन बहादुर मल्ल, समाज सेवा संस्थाका अध्यक्ष विनोद थापा, नगर प्रहरी, शशस्त्र प्रहरी लगायत  मानव अधिकार मञ्च बाँकेका सम्पुर्ण कार्यसमितिहरुको समेत उपस्थिति रहेको थियो ।