कोहलपुर ।
आचार्य बन्धुहरुको कुलाईन पुजा सम्पन्न भएको छ । बिहिबार आचार्य बन्धुहरुको कुलाईन पुजा गरिएको हो ।
हिजोका दिनमा दैलेखको लम्जी हुँदै जुम्ला जाजरकोटको जगतीपुर हुँदै रुकुमको खोलागाउं स्यानाखोलामा बसोबास गर्दै आएका थिए आचार्य कौडिन्ने गोत्री ।
विशेष राजनीतिक द्वन्द्वको कारण २०६० सालदेखि कोहलपुरको चपरगौडी तथा खजुराको के गाउँमा बसोबास गर्दै आएका आचार्य बन्धुहरुले आज कुलाईनको पुजा गरेका हुन् ।
आचार्य कुलमा विशेषगरि बटु भैरव, दारेमस्टा, दुधेमास्टा खोदाइ क्षेत्रपाल लगायतका देवताको आराधना गर्ने प्रचल रहेको छ । सबै बन्धुबान्धब, ईस्ट कुटुम्ब, छरछिमेकी सबैको उपस्थितमा यो पुजा गर्ने गरेको आचार्य कुलका मुख्य पुजारी नन्दकुमार शर्माले जानकारी दिए ।
आचार्य कौडिन्ने कुलको कुलाईनमा बोका बलि, दुधको धारा दिएर अग्निस्थापना होम समेत गरेर कुलको पुजा आजा गर्ने प्रचलन भएको आचार्य कुलका सचिव एकराज शर्माले जानकारी दिए ।
आचार्यहरुले कोहलपुर -१२ मा रहेको रोहिणी खोला नजिकै शिव मन्दिरको छेउमा आज कुलाईनको पुजा आजा गरेका थिए ।कुलाईन पुजा दुई दुई वर्षको अन्तरालमा गर्ने गरिन्छ । यस अघि २०७७ सालमा पुजा गरिएको थियो । आचार्य कुलका अनुसार कुलपुजाले मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्