किशोरीलाई होटलमा लगि बलात्कार गर्ने ईस्लाम मिया पक्राउ

तेह्रथुम ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी दुहवी नगरपालिका–९ छाताबेली बस्ने ३० वर्षीय तजमुल ईस्लाम मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

तजमुलले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुम लालिगुराँस नगरपालिका–२ बसन्तपुरस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले सुनसरी दुहवी नगरपालिका(९ छाताबेलीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।