कोहलपुर ।
मंगलबार बेलुका कोहलपुरमा सडक दुर्घटना हुँदा २ जना घाईते भएका छन । कोहलपुर–नेपालगंज सडकखण्ड अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. ९ स्थित कौशिल्या अस्पताल नजिकै ट्रक र मोटरसाईकल आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख २७०६ नम्बरको ट्रकमा सोही दिशातर्फ गईरहेको भे७प ५५६३ नम्बरको मोटरसाईकल जुधेर दुर्घटना भएको हो ।
दुर्घटनामा मुगु घर भई हाल राँझा बस्दै आएका दुई युवा घाईते भएको र उनिहरुको नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्