रुकुम मुसीकोट खलंगामा अन्तराष्ट्रिय महिला सहिद दिवसको अवसरमा दीप प्रज्वलन

सुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा अन्तराष्ट्रिय महिला सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ मुसीकोट नगरपालिका वडा नम्बर १ को कालिकास्थानमा दीप प्रज्वलन गरिएकाे हो ।

दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको महिला मावन अधिकार रक्षक सञ्जालकी अध्यक्ष ब्युझना पुन देवकोटाले जानकारी दिइन् ।

कार्यक्रममा रुकुमका महिला अधिकारकर्मी ,महिला सञ्जाल र सर्वसाधारण महिलाहरूकाे उपस्थित रहेकाे थियाे ।