कोहलपुर ।
कोहलपुर नगरपालिका वडा न ११ बसपार्क पछाडी रहेको पुर्बपश्चिम गेस्ट हाउसमा एक युबक मृत फेला परेका छन । सोमबार राती बर्थडे मनाउन आएका विशाल सिंह नामका ब्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
होटेल पुर्ब पश्चिममा कोहलपुर नगरपालिका वडा न ६ घर भएका विशाल सिंह मृत अबस्थामा भेटिएका हुन । भारतको कारगिलबाट घर जाने भनेर विशाल र उनको साथी बिजय कुमार सिंह सगै हिडेका थिए ।
मृतक सङ्गै आएका बिजय सिंहका अनुसार कोहलपुर आएपछि आफ्नो जन्मदिन मनाउने भनेर कोहलपुरको पुर्बपश्चिम होटलमा रुम लिएर बसेका थिए । रुममा दारुपार्टि चलेको उन्का साथीहरुले बताएका छन । दारुकै कारण निजको मृत्यु भएको हुनसक्ने शंका प्रहरीको रहेको भएपनि अनुसन्धान भने जारी रहेको एक प्रहरीले बताए ।
मृतक विशालले आफ्ना अरु २ जना साथी सुदिप सुनार र सुशील शाहिलाई बोलाई जन्मदिन मनाएको सिंहको भनाई छ । जन्मदिन मनाएर राती १ बजे सुतेका विशाल बिहान उठाउदा नउठेपछी होटल संचालक जय बहादुर नाथलाई बोलाएको उनको भनाई छ ।
होटल संचालक नाथका अनुसार बिहान तीन पटक उठाउन जादा नउठेको र पछि उनिहरु सँगै सुतेको एक जनाले डाक्टर बोलाउनु पर्यो भन्दा होटल सञ्चालक झस्किएका थिए । उनलाई मृत भेटेपछी आफुले प्रहरिलाई खबर गरेको नाथले बताए ।
प्रहरिले घटना स्थलको मुचुल्का उठाएर मृतक सङ्गै बसेका अन्य तीन जना माथी अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिएका छन । मृतकलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्