वक्तृत्वकला प्रतियाेगितामा अस्मिता वलि प्रथम

प्रदिप कुमाई, काेहलपुर । 

मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाको अवस्था र समाधानका उपायहरु‘ विषयक वक्तृत्वकला कार्यक्रममा  अस्मिता वलि प्रथम भएकी छिन् । प्रतियाेगितामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत १९ जना विद्यार्थीको सहभागिता रहेको थियो । जसमा प्रथम अस्मिता वलि, द्धितिय देवि काफ्ले, तेस्राे शान्ती सुनार र सान्त्वना दुर्गा बुढा भएका उनिहरुलाई पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।

कार्यक्रम बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले यस्ता किसिमका कार्यक्रमबाट विद्यार्थीको चौतर्फी विकास हुने बताए । लैङगिक हिंसा पुरुष तथा महिला दुवैबाट हुने भएकोले यसले समाजमा निकै समस्या ल्याएको  हमालकाे भनाई थियाे ।

उनले आजको समाजमा विभिन्न किसिमको बहानामा लैङगिक हिंसा हुने, घरेलु हिंसा हुने, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका क्षेत्रमा विभिन्न बहनामा हिंसा भएकोले यसलाई सबै सरोकारवालाहरुबाट न्यूनिकरणका लागि पहल गरी अन्त्य गरिनुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा पुर्व क्याम्पस प्रमुख खगराज पन्त, रमेश चन्द्र अधिकारी निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा विभागी प्रमुखहरु पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, स्वास्थ विभागका विभागीय प्रमुख ज्ञानेन्द्र शाही, नेपाली विभागका खोपिराम वलि, अभ्यास शिक्षण विभागका प्रमोद सुवेदी, प्राध्यापकहरु पुस्क्नाथ रिजाल, जेन्ट्ल गौतम प्राध्यापक संघका सभापति राज कुमार चन्द र प्रशासकिय अधिकृत वेदराज लम्साल लगायत विद्यार्थी संघ संगठनका नेताहरूको उपस्थित रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्री टेकेन्द्र कुमार महतराले राखेको कार्यक्रमको संचालक रुक्मिणी काफ्ले गरेकी थिइन भने कार्यक्रम विना शर्मा अधिकारको सभापतित्वमा सम्पन्न भएको हाे ।