Kohalpur Today Header Ads

करेन्ट लागेर एक युवाकाे मृत्यु




उदयपुर ।
करेन्ट लागेर घाइते भएका उदयपुरको कटारी नगरपालिका–२ का युवाको उपचारको क्रममा ज्यान गएको छ।

सोमबार साँझ आफ्नै घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तारमा छुँदा घाइते भएका ३० वर्षीय दिलकुमार थापा मगरको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारले जानकारी दिए ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २० गते मंगलबार