चितवन ।
नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता विजयराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ७४६२ नम्बरको टिपर अनियन्त्रित भई पल्टिँदा टिपरका चालक राईको मृत्यु भएको हो ।
इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट २० मिटर तल तुईन खोलामा टिपर खसेको उनले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्