मस्को ।
पश्चिमी रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएका रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ ।
एउटा इन्धन ट्याङ्करमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर २० गते मंगलबार











प्रतिक्रिया दिनुहोस्