सर्लाही ।
मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट लागुऔषध गाँजा २ केजी ५ सय ग्रामसहित लालबन्दी नगरपालिका-५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसमेत गरी २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर १९ गते सोमबार













प्रतिक्रिया दिनुहोस्