कोहलपुरको रामनगरमा सप्ताह ज्ञान महायज्ञ सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-१० स्थित रामनगरमा सप्ताह ज्ञान महायज्ञ-२०७९ सुरु भएको छ । आइतबार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्दै सो सप्ताह ज्ञान महायज्ञ-२०७९ सुरु भएको हो ।

उद्घाटन गर्दै कोहलपुर नगरपालिका प्रमुख आचार्यले धर्ममा युवाहरुलाई जोड्नुपर्ने बताए ।

‘पछिल्लो समयमा धर्ममा युवाहरुको संलग्नता देखिदैन’ उनले भने, ‘धर्मका कारणले विकास र समृद्धिमा टेवा पुग्छ ।’ युवाहरुको धर्मप्र्रति आकर्षण कम भएकोले धर्मगुरुहरुले यस विषयमा गम्भिर भएर लाग्नुपर्ने नगर प्रमुख आचार्यले सुझाव समेत दिएका थिए ।

यस्तै रामनगर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम भत्त लम्सालले मन्दिरको सर्वाङ्गिण विकास गर्ने उद्देश्यले सप्ताह महायज्ञ-२०७९ सञ्चालन गरेको बताए ।

यस्तै सप्ताह महायज्ञको कार्यक्रममा कोहलपुर नगरपालिका १० का अध्यक्ष गौरा कुमारी भट्टराई, वडा नं. ८ का अध्यक्ष लाल बहादुर राना, नेकपा माओवादी केन्द्रका केन्द्रिय कमिटि सदस्य नरेन्द्र न्यौपाने र नेकपा एमालेका प्रदेश कमिटि सदस्य बलराम भट्टराईले धर्महरुको संरक्षण, परम्परागत, सामाजिक विकास, लक्ष्य र आत्मा सन्तुष्टी र सकारात्मक रुपमा लिनुपर्नेमा आफ्ना भनाई राखेका थिए ।

सो महायज्ञमा वडा नं. ८ का अध्यक्ष लाल बहादुर रानाले आफ्नो आमाको नाममा ५ हजार १ सय रुपैया, जिवनज्याेति स्कुलका पिन्सिपल फादर जेमन जाेम्सले १० हजार दिने समेत घाेषणा गरेका थिए । महायज्ञ २४ गतेसम्म सञ्चालन हुनेछ ।