कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा १३औं वार्षिकोत्सबको अवसरमा रिलायन्स फाइनान्स लि.द्धारा अति विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
आइतबार कोहलपुर नगरपालिका १३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा रहेका अपाङ्गगता र अति विपन्न १२ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।
यस्तै कोहलपुर नगरपालिका १३ की वडा सदस्य तथा लेखा संयोजक गोमा खनाल र रिलायन्स फाइनान्स लि. कोहलपुर शाखाका प्रबन्धक कुल बहादुर पुनले संयुक्त रुपमा पोशाक वितरण गरेका हुन् ।

यस्तै रिलायन्स फाइनान्स लि. कोहलपुर शाखाका प्रबन्धक पुनले कक्षा १ देखि ५ सम्मका अपाङ्गगता र अति विपन्न परिवारका विद्यार्थीलाई पोशाक वितरण गरेको बताए ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत नेराप्रावि सिम्रीमा १२ जना अपाङ्गगता र अति विपन्न परिवारका विद्यार्थीलाई पोशाक वितरण गरिएको शाखाका प्रबन्धक पुनले बताए ।

यस्तै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रानाध्यापक हस्त बहादुर खत्रीलले यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा हाजिरिजवाफ प्रतियोगिता गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत मसन्द सामग्री समेत पुरस्कार दिइएको थियो ।
भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर वली लगायत शिक्षक, अभिभावक र विद्यार्थिको समेत उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्