Kohalpur Today Header Ads

बसको ठक्करबाट एक बालकको मृत्यु




काठमाडौं ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ मझुवामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानी रहेका छन्। गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

लु १ क १५७९ नम्बरको बसले आज बिहान सवा १० बजे बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको हो। बससहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १८ गते आइतबार