सुर्खेत ।
सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ ।
प्रहरी चौकी बांगेसिमलले दिएको जानकारी अनुसार कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जीप हिजो बेलुकी ८ बजे अनियन्त्रित भएर सडकबाट करिब १५ मीटर तल खसेको थियो । जीपमा १० जना चढेका थिए ।
दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको उपचार सुर्खेत जिल्ला अस्पतालमा भइरहेको छ । ३ जना भने उपचार पछि घर फर्किएका छन् ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्