राष्ट्रिय अपांग महासंघ नेपालको अध्यक्षमा आचार्य

काेहलपुर ।

राष्ट्रिय अपांग महासंघ नेपालको अध्यक्षमा बाँकेका देवीदत्त आचार्य निर्वाचित भएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा रामबहादुर कार्की, महिला उपाध्यक्षमा अनिता गैरे, महासचिवमा शुभम भटराई, सचिवमा सृजना केसी र कोषाध्यक्षमा कुमार रेग्मी निर्वाचित भएका छन् ।

मंसीर १३ र १४ गते सम्पन्न नवौं महाधिवेशनकाे मतदानबाट देवीदत्त आचार्य निर्वाचित भएका हुन् ।