Kohalpur Today Header Ads

कला संस्कृति तथा पञ्चैबाजा संरक्षण समितिको अध्यक्षमा खत्री




राप्तीसोनारी ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित कला संस्कृति तथा पञ्चैबाजा संरक्षण समितीको अध्यक्षमा लिल बहादुर खत्री चयन भएका छन संस्थाको शनिबार सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट खत्री अध्यक्षमा चयन भएका हुन ।

यस अघि तदर्थ समिति रहदा समेत खत्री अध्यक्ष रहेका थिए । समितिको उपाध्यक्षमा दुर्गा पौडेल ,सचिवमा चन्दा केसी, कोषाध्यक्षमा लिला बहादुर डाँगी ,सहसचिवमा गिता खड्का चयन भएका छ्न ।

LIfe Ok

त्यस्तै सदस्यहरुमा मोतीलाल परियार चयन भएका छ्न भने अन्य ५ जना सदस्यहरु पहिलो बैठकबाट मनोनीत गर्ने संस्थाले जनाएको छ । संस्थाको सल्लाहकारमा डम्बर शाही,सागरदत्त गौतम र लक्षीराम केसी चयन भएका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १७ गते शनिबार