Kohalpur Today Header Ads

सुर्खेतका महतरा बाँकेमा झुण्डिएको अवस्थामा फेला




कोहलपुर ।

कोहलपुर २ बिकास नगर जनएकता मध्यबर्ती सामुदायिक बनमा एक जना युवक रुखमा झुन्डिएको अबस्थामा फेला परेका छन् ।

सुर्खेत घर भइ बाँकेको शम्शेरगन्ज दिदिको घर आएका राम बहादुर महतरा बिहीवार बिहान झुन्डिएको अबस्थामा फेला परेका हुन् । बिहान करिब ६ बजे घासँ दाउरा लिन गएका गाउँलेले युवक रुखमा झुन्डिएको देखेपछि ईलाका प्रहरी कार्यलय कोहलपुरलाई खबर गरेका थिए ।

LIfe Ok

सलको पासो लगाइ रुखमा झुन्डिएको अबस्थामा फेला परेको युवकको मृत्यु प्रेम सम्बन्धको कारण हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १५ गते बिहीबार