ढुङ्गाले च्यापिएर एक बालकको मृत्यु

अछाम ।
तरुल खन्ने क्रममा ढुङ्गाले च्यापिएर मंगलसेन नगरपालिकामा एक बालकको ज्यान गएको छ । मंगलसेन नगरपालिका –११ खिमाडा निवासी १४ बर्षका गौतम भुलको ज्यान गएको हो ।

गाउँ नजिकै रहेको पडानी भन्ने स्थानमा भाइसहित तरुल खन्न गएका गौतमको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष नरबहादुर भण्डारीले जानकारी दिनुभयो । मृतक बालक मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओलीगाउँमा कक्षा ५ मा अध्ययनरत थिए ।