सिरहा ।
गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका-११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर १५ गते बिहीबार













प्रतिक्रिया दिनुहोस्