धनगढी ।
धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा बिहीबार बिहान ग्रेरडरले साइकलमा स्कुल गइरहेका विद्यार्थीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढी उपहानगरपालिका–४ की चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर १५ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्