उदयपुर ।
उदयपुरको कटारी नगरपालिका ६ साँगुरीमा बुधबार प्रतिवन्धित ६० केजी गाँजासहित एक युवा पक्राउ परेका छन् ।
जंगलको बाटोबाट सिरहातर्फ लैजाँदै गर्दा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ताप्ली गाउँपालिका–२ का २७ वर्षी सरोज राईलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेशकुमार पोदारका अनुसार बोरामा बोकेर लैजाँदै गरेको अवश्थामा राई पक्राउ परेका हुन् । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि बुधबार नै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको उनले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्