सुनसरी क्षेत्र नं. ४ को मतगणनामा कार्कीको अग्रता

इनरुवा ।
तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिनुभएको छ । हालसम्म भएको २८ वटाको मतगणना हुदाँसम्म ३९९ मतले अग्रता कायम गर्नुभएको हो । मन्त्री कार्कीले नेपाली कांग्रेसकातर्फबाट उम्मेदबार रहनुभएकाले रुखमा २६ हजार ७६० पाउनुभएको छ भने उहाँलाई नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २६ हजार ३६१ मतसहित पछ्याइरहनुभएको छ ।

यस क्षेत्रमा मतगणनामा कर्मचारीले त्रुटि गरेको भन्दै आइतबार मन्त्री कार्कीले निर्वाचन अधिकृतको कार्यालयको निवेदनमा पुनः मतगणनाको माग गर्नुभएको थियो । त्यसपछि निवेदन निर्वाचन आयोगलाई पठाएकोमा त्यसमा कार्वाही गर्दै मतगणना प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । ढिलो भए पनि हिजोबाट मतगणना निरन्तर जारी रहेको अधिकारीको भनाइ छ ।