जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ओखलढुङगा ।
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बू भन्ने अरुण लिम्बू सुब्वालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका-११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।