राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन मङ्गलबार नेपालगन्जमा शुरु

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन मङ्गलबार नेपालगन्जमा शुरु भएको छ ।

नेपालगन्जको बालेगाउँमा मङ्गलबारदेखि शुरु भएको महासङ्घको सो राष्ट्रिय महाधिवेशनको मुख्य न्यायाधीश डा. रत्न बागचन्दले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै मुख्य न्यायाधीश डा. बागचन्दले नेपालको संविधानले अपाङ्गता भएका र नभएका बीच कुनै पनि भेदभाव नगरेको जनाउँदै अपाङ्गता भएका नागरिकलाई पनि अवसर र अधिकार दिनुपर्ने बताउनुभयो ।

उहाँले अपाङ्गता भएकाहरुलाई सरकारले झन् बढी महत्त्व दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासङ्घका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदी, पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल र दीपक कोइराला, राष्ट्रिय लोकतान्त्ररिक अपाङ्ग सङ्घका अध्यक्ष भोजराज श्रेष्ठ, अपाङ्गता सङ्गठन नेपालका अध्यक्ष टीकाराम पराजुलीलगायतले महाधिवेशन सफलताको शुभकामना दिनुभयो ।

दुई दिनसम्म चल्ने सो महाधिवेशनमा देशभरिका हजारभन्दा बढी प्रतिनिधिहरुको सहभागिता छ।

महाधिवेशनले राष्ट्रिय अपाङ्ग महासङ्घको नयाँ नेतृत्वको निर्वाचन गर्ने कार्यक्रम छ।