कांग्रेस कार्यकर्ता रामशंकरको हत्यामा संलग्न २ जना पक्राउ

सिरहा ।
कांग्रेस कार्यकर्ता राम शंकर यादवको हत्या आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजानिक गरको छ । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. १ बडहरी टोल स्थित नरगी-बडहरी सडक खण्डमा सोही ठाउँका ३२ वर्षीय यादवको हत्या गरिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा स्थानीय अजयकुमार साह र दिपेन्द्रकुमार यादवले राम शंकर यादवलाई कर्तव्य गरी हत्या गरेको घटनामा देखिएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादवको अघिल्लो शुक्रबार हत्या भएको थियो। चुनावमा मत कम आएको विषयमा उनीहरुबीच विवाद हुँदा घटना भएको स्थानीयले बताए।