थापाथलीस्थित वस्ती हटाउन खोज्दा सुकुम्वासीले प्रहरीमाथि अवरोध सिर्जना

काठमाडौं ।
थापाथलीस्थित वस्ती हटाउन खोज्दा सुकुम्वासीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।
सुकुम्बासी बस्तीका मानिसले वैकल्पिक व्यवस्था नभइ सुकुम्वासी बस्ती हटाएको भन्दै पीडितले अवरोध सिर्जना गरेका हुन् । अहिले यो क्षेत्रमा सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध नारावाजी भइरहेको छ ।

प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका दिन सुकुम्वासी बस्ती हटाउने सरकारले तयारी थाले पनि आज सोमबार महानगरले डोजरसहितको टोली थापाथली पठाएको हो ।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले विकल्प नभइ सुकुम्वासी बस्ती नहटाउने आश्वासन दिएका थिए । तर, त्यो आश्वासन कार्यान्वयन हुन बागमती एकीकृत सभ्यता विकास समितिको समन्वयमा काठमाडौं महानगरले सुकुम्वासी बस्तीमा डोजर चलाउने योजना बनायो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी तथा खोला किनारा लगायतका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउन लागेको हो ।

समितिले संकलन गरेको प्रारम्भिक तथ्याकंअनुसार काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्वासी बस्ती छन् । समितिको तथ्याकंअनुसार तीन हजार ४९६ घरधुरी छन् ।

सुकुम्बासी बस्तीका बासिन्दाले सुरक्षित ठाउँ पाए स्थानान्तरण हुन तयार रहेको भन्दै विकल्पको माग गरेका छन् ।

बागमती सहितका नदीकिनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।

बागमती सहितका नदी किनारमा रहेको बस्तीलाई व्यवस्थित गर्न सहरी विकास मन्त्रालयले २०७८ फागुन १६ गते समिति गठन गरेको थियो ।

समितिले नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन अल्टिमेटम दिएको जनाएको थियो। ।

समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनाराहरूमा तोकिएको मापदण्डभित्र अनाधिकृत रूपले बनाइएका घररटहराहरू तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरूका कारण नदीको दुवै किनारातर्फको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक-पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको वेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घररटहराहरू तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरू हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।