साइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ औरहीमा गएराति साढे ९ बजे साइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा डाक्नेश्वरी-६ मुसहरी टोलका ४५ वर्षीय झमेली सदा रहेका छन्। उनले मदिरा पिएर साइकल चलाएको इलाका प्रहरी कार्यालय पातो सप्तरीले जनाएको छ।

सप्तरीकै डाक्नेश्वरी नगरपालिका-३ तरहीमा पनि हिजो बेलुकी ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। धान बोकेको स १ त २१ ५९ नम्बरको ट्याक्टरबाट स्थानीय ४५ वर्षीय चन्द्र मुखिया हिजो बेलुकी सवा ८ बजे खसेका थिए।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुर्‍याउना साथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापश्चात फरार रहेका चालकको खोजी गरिरहेका प्रहरी चौकी तरहीले जनाएको छ।