बारामा अटोको ठक्करबाट एक जनाको पैदलयात्रीको मृत्यु




बारामा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बारा निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङको मृत्यु भएको हो ।

शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र.२-०३-००१ ह ४३३ न.को अटोले ठक्कर दिएको थियो ।

सवारी साधनको ठक्करले महिला घाइते भएको खबर पाए लगत्तै प्रहरी टोली पुगेर उनलाई पचारका लागि वीरगञ्ज पठाइएको थियो ।
घाइते सानुमायाको वीरगञ्जको न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

अटो चालक निजगढ-८ बस्ने २५ वषर्ीय लोकबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ११ गते आइतबार