Kohalpur Today Header Ads

धारिलो हतियारले घाँटी र टाउको काटिएको एक जना पुरुषको उपचारका क्रममा मृत्यु




विराटनगर ।
धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–१ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको मृत्यु भएको हो ।

सरबरिया शनिबार राति ११:२० बजेतिर आफ्नै घरमा घाइते अवस्थामा भेटिएका थिए । गम्भीर अवस्थाका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो । उनी घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै भेटिएका थिए ।

उपचारकै क्रममा राति १२:२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ । सरबरिया आफैँले वा अरुले उनीमाथि हतियार प्रहार गरेको भन्ने बारेमा पनि यकिन भइसकेको छैन ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ११ गते आइतबार