कोहलपुर ।
बाँकेको कोहलपुरमा १६ दिने लैङ्गिक हिंसा विरुद्ध दिप प्रज्वलन गरी अभियान सुरू गरिएको छ । शुक्रबार कोहलपुर चौराहमा कोहलपुर नगर स्तरीय युवा क्लब र बाल क्लबको आयोजनामा १६ दिने लैङ्गिक हिंसा विरूद्ध दिप प्रज्वलन कार्यक्रम भएको हो ।
यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र प्रमुुख प्रशासकिय अधिकृत टिकाराम ढकालले हिंसामा परेका महिलाहरुलाई न्याय दिने भन्दै हिंसा लुकाएर पिडकलाई सहयोग नर्गन समेत आग्रह गरेका थिए ।
१६ दिने अभियान एक कार्यक्रम मात्र नभएर कार्यन्वयन गर्ने तर्फ महिलाहरु आफै जुजारुक हुन जरुरी रहेको बताएका थिए । कार्यक्रममा कोहलपुर नगर स्तरीय युवा क्लब र बाल क्लब, रुम टु रिड, बाँके यूनिस्को क्लब, प्लान इन्टरनेशनल, समाज सुधार कार्यक्रम नेपाल, माइती नेपाल, साना हातहरु नेपालका पदाअधिकारीहरुको उपस्थिति थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्