सिरहा-४ बाट जनता समाजवादी पार्टीका बिरेन्द्र महतो निर्वाचित




सिरहा ।
सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् ।

जसपाका महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्‍याए ।

यस्तै एकीकृत समाजवादी पार्टीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका १ हजार ६८३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगीना कुमारी झाले १ हजार ७३ मत ल्याइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार