अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट निर्वाचित

सुदाम शर्मा, रुकुम पश्चिम

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार ५ सय ४९ मत र उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार ९ सय ६१ मत प्राप्त गरे भने प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार २ सय ९५ सदर मत खसेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले ७ सय ९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले २ सय ८र स्वतन्त्र उम्मेदवार तारक केसीले त ३५ हजार ६७ मत प्राप्त गरे ।

त्यस्तै, रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित भएका छन भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत ल्याएका छन् ।

त्यसैगरी, रुकुम पश्चिम प्रदेशसभा (२) मा माओवादी केन्द्रकै् उम्मेदवार राजकुमार शर्माले २० हजार  १ सय ६० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले ८ हजार ८८ मत प्राप्त गरेका छन् ।