शोकमा रहनुभएका स्याङ्जा १ (क) सीताकुमारी सुन्दास विजयी




स्याङ्जा ।
शोकमा रहनुभएका स्याङ्जा १ (क) सीताकुमारी सुन्दास विजयी हुनुभएको छ । मङ्सिर ४ गते निर्वाचनको दिनमा ९० वर्षीया आमा चित्रकुमारी सुन्दासको निधन भएको थियो ।

नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य सुन्दासले प्रतिस्पर्धी माओवादी केन्द्रकी स्थायी समिति सदस्य अमृता थापामगरलाई पराजित गर्नुभएको थियो ।

सुन्दासले थापालाई एक हजार ४२४ मतान्तरले जित्नुभएको हो । थापाले १३ हजार २६६ मत प्राप्त गर्दा सुन्दासले १४ हजार ६९० मत प्राप्त गर्नुभएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार