कैलाली १ (ख) मा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर विजयी

टीकापुर ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार ३१७ मत ल्याई विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली का्ंगे्रसका उम्मेदवार डा. रणबहादुर रावलले आठ हजार ५३ मत पाउनु भएको छ ।

यस्तै, नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले पाँच हजार ३२० मत पाउनु भएको छ भने राप्रपाका डम्बरबहादुर थापाले एक हजार ३०६ मत पाउनु भएको छ ।

वि.सं २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई पराजित गरी नेपाली काँगे्रसबाट निर्वाचित डा. रणबहादुर रावल सुदूरपश्चिम प्रदेश सभामा काँगे्रस संसदीय दलको नेता र पछिल्लो समय आन्तरिक मामिला तथा कानून मन्त्री हुनुहुन्छ ।

कैलाली क्षेत्र नम्बर १ (ख) मा २९ हजार ६१४ मत खसेकोमा एक हजार ४०९ बदर भएको छ ।